Comments Add Comment

बुटवलमा पनि छरियो किटाणुनाशक औषधि

१४ चैत, बुटवल । कोरोना भाइरस रोकथामका लागि भन्दै बुटवलमा किटाणुनाशक औषधि छर्किन सुरु भएको छ । शुक्रबारदेखि बुटवलमा ‘क्लोरिन’ तथा ‘ब्लिचिङ पाउडर’सहितको किटाणुनाशक स्प्रे छर्किन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

वडा नम्बर ५ को बजारक्षेत्रलाई शुक्रबार बिहानैदेखि डिसइन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले बताए । मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणुनाशक विशेष औषधि छर्किन सुरु गरिएको र यसलाई सबै वडामा पुर्‍याइने उनको भनाई छ ।

बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान सुरु गरिएको वडा नम्बर—५ का वडाध्यक्ष तेजप्रसाद विश्वकर्माले बताए ।

ज्वरो क्लिनिकमा एक सय १३ जनाको उपचार

बुटवल उपमहानगरपालिकामा रुघाखोकी र ज्वरो आएका एक सय १३ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । उपमहानगरपालिकाका १० वटा स्वास्थ्य संस्था तथा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आएका उनीहरूलाई ज्वरो क्लिनिकमा परीक्षणपछि स्वाव संकलन गरेर पठाइएको छ ।

यद्यपि राष्ट्रिय प्रयोगशालाबाट अन्तिम रिपोर्ट भने नआइसकेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए । आइसोलेनमा खटिएका चिकित्सक तथा फोकल पर्सन डा. सुदर्शन थापाले कोरोना संक्रमण भएको आशंकामा उपचारका लागि आएकाहरुको स्वास्थ्य स्थिर रहेको बताए । बुटवलको आइसोलेसन अस्पतालमा सात जनाको उपचार जारी छ ।

यसअघि लुम्बिनी प्रादेशिक अस्पतालसहित उपमहानगरका स्वास्थ्य संस्थाहरुमा सञ्चालित ज्वरो क्लिनिकमा एकैदिन २१७ जनाको परीक्षण भएको थियो । यीमध्ये प्रादेशिक अस्पतालमा १७ जना उपचाररत छन् भने एक जनालाई कोरोनाको आशंकामा कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको छ । रुपन्देहीमा अहिलेसम्म ३० जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment