Comments Add Comment

रामेछापमा ३५ जना क्वारेन्टाइनमा

१४ चैत, रामेछाप । विभिन्न स्थानबाट जिल्ला भित्रिएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

बिहीबारसम्म गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

यसैगरी एकजना ज्वरोको विरामीलाई आइसोलेसनमा राखी उपचार भइरहेको छ । प्रमुख कर्णका अनुसार तामाकोसी अस्पताल मन्थलीमा आइसोलेसनमा भर्ना भएका उनको ज्वरो घटेकाले नमुना परीक्षणका लागि पठाइएको छैन ।

उनको ज्वरो घटेकोले मौसमी ज्वरो भएको अनुमान गरिएको छ । उनी आइसोलेसनमै छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् ।

जिल्लाका विभिन्न पालिकाहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ३८ भन्दा बढी आइसोलेसन कक्षहरु स्थापना भइसकेका छन् ।

सबै पालिकाहरुले सामुदायिक भवन तथा विद्यालयका भवनहरुमा क्वारेन्टाइन कक्षहरु निर्माण गरेर शंकास्पद र बाहिरबाट आएका मनिसहरुलाई राख्ने प्रवन्ध मिलाइएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

यस्ता मानिसहरुलाई क्वारन्टाइनमा राख्दा खाने बस्ने व्यवस्थासमेत स्थानीय सरकारले मिलाउने गरी प्रवन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment