+
+
Shares

क्वारेन्टाइन बनाउन काँग्रेस नेता कर्णले दिए सात कोठे घर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते २०:११

१४ चैत, सप्तरी । नेपाली काँग्रेसका युवा नेता रञ्जित कर्णले सप्तरी सदरमुकाम राजविराजस्थित आफ्नो घरलाई क्वारेन्टाइनका लागि दिने घोषणा गरेका छन् ।

राजविराज नगरपालिका-३ स्थित सात कोठे घरलाई कर्णले कोरोना भाइरस (कोभिड-१९) संक्रमणका शंकास्पद व्यक्तिलाई राखेर उपचार गराउन दिने घोषणा गरेका हुन् ।

पूर्वसभासदसमेत रहेका उनले महामारीको समयावधिसम्मका लागि अस्थायी रुपमा घर प्रयोग गर्न दिइने बताए । उक्त विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराइसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?