Comments Add Comment

प्लास्टिकको झोला काटेर पीपीईको जोहो !

१४ चैत, पोखरा । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) माग्दामाग्दा स्वास्थ्यकर्मीहरु थाकिसके । कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिन लाग्दा पनि पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरु आफैँले जोहो गर्न लागेका छन् ।

पोखराका चरक अस्पतालका डाक्टर क्लारा पौडेलले पनि होममेड पीपीई बनाउन थालेकी छन् । त्यसलाई पोखराका अरु अस्पतालले पनि पछ्याएका छन् ।

पीपीई अभाव भएपछि आफैंले बनाउनु परेको मणिपाल अस्पतालका डाक्टर सूर्य चौधरीले बताए । उनकाअनुसार अस्पतालका चिकित्सकले प्लास्टिकको झोला काटेर बनाएको पीपीई प्रयोग गरिरहेका छन् ।

डा. पौडेलकाअनुसार अस्पतालमै बनाइएको पीपीई एकपटक प्रयोग गरेपछि पुनः प्रयोग नगर्दा राम्रो । यदि प्रयोग गर्नै परे केमिकल प्रयोग गरी राम्रोसँग धुनुपर्छ । ‘यो हामीले अहिले अरु बिरामी उपचार गर्दा प्रयोग गरिरहेका छौं । यदि कोरोना संक्रमितकै उपचार गर्नु पर्‍यो भने यसमा लेयर थप्नुपर्छ’ उनले भनिन् ।

पूर्णरुपमा सुरक्षित नभएपनि सही ढङ्गले प्रयोग गरेमा सुरक्षा दिने उनले बताइन् ।

स्वास्थ्य क्षेत्रका जानकारहरु भने मापदण्ड नपुगेको पीपीई प्रयोगमा ल्याउँदा स्वास्थ्यकर्मीहरुमा नै संक्रमण हुने जोखिम हुनसक्ने बताउँछन् । नेपालभित्रै पीपीई उत्पादनको प्रयास हुनु सुखद् भएपनि गुणस्तर कायम गर्न गाह्रो हुने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment