Comments Add Comment

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै

१५ चैत, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ ।

ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ ।

कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्रीहरु ल्याउने छ ।

यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।

पर्यटक उद्धार गर्न लुक्ला र कोरोनाको नमूना लिन नेपालगञ्ज जाने

यसैबीच नेपाल एयरलाइन्सको ट्विनअटर विमानले लुक्लामा शनिबार ५ उडान गर्दैछ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न यो उडान हुन लागेको हो । दुई वटा ट्विनअटर जहाजले लुक्लामा ५ वटा उडान गर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ ।

लुक्लाबाट पर्यटकहरुलाई लिन सीता एयरले पनि उडान अनुमति पाएको छ । यसैगरी श्री एयरलाइन्सको हवाईजहाज पोखरामा रहेका पर्यटकहरु लिन जाने छ ।

यसैगरी सुदूर तथा मध्यपश्चिम क्षेत्रमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज शनिबार नेपालगन्ज जाँदै छ ।

स्वास्थ्य मन्त्रालयको चार्टर्डको रुपमा नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगञ्ज जाने छ ।  जहाजले कोरोना शंकास्पद विरामीबाट संकलन गरिएका खकारको नमूना मात्रै लिएर काठमाडौं फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment