Comments Add Comment

कोरोना भाइरसबाट बेलायतमा एकै दिन बाबुछोरीको ज्यान गयो

१५ चैत, काठमाडौं । बेलायतमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को कारण एकैदिन बाबुछोरीको ज्यान गएको छ । लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय एक आप्रवासी कामदारको भाइरसबाट ज्यान गएको २४ घन्टाभित्रै ३३ वर्षीया छोरीको पनि यो भाइरसको कारण ज्यान गएको हो ।

‘द सन’ अनलाइनकाअनुसार बाबुको नाम सुधीर शर्मा हो । उनी आप्रवासी कामदारको रुपमा विमानस्थलमा काम गर्दै आएका थिए । उनकी छोरी पूजा भने फार्मेसिस्ट थिइन् ।

७ जनवरीमा अन्तिमपटक उनी काममा आएकाले ड्युटीको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण नभएको अधिकारीहरुले बताएका छन् । उनलाई बाहिरैबाट संक्रमण भएको बताइएको छ । उनी आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बिदामा बसेका थिए । पछिल्लो समय काममा फर्किँदा भने उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आइसोलेसनमा बस्नुपर्ने भएकाले उनको अन्त्येष्टिमा उनकी पत्नी पनि सहभागी हुन पाउने छैनन् । पूजा पनि इस्टबर्न डिस्ट्रिक जनरल हस्पिटलमा फार्मेसिस्टको रुपमा काम गर्दै आएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment