Comments Add Comment

साझा पार्टीले भन्यो- कोभिड-१९ विरुद्ध लड्न राजनीतिक संयन्त्र बनाऊ

१५ चैत, काठमाडौं । साझा पार्टीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न च्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाएको छ ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा. सूर्यराज आचार्यले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दुई बुँदे सुझावपत्र बुझाएका हुन् ।

व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)को अभवमा एम्बुलेन्सले बिरामी बोक्न नमानेको, डाक्टरहरूले राजीनामा दिने थालेको, ठूला अस्पतालसँग आवश्यक उपकरण र स्वास्थ्यकर्मी पर्याप्त नभएको, संभावित संक्रमितलाई परीक्षणका लागि पहिचान गर्न नसकिएको तथा आम जनजीवन अस्तव्यस्त हुन थालेको उसको ठहर छ ।

पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले सक्दो प्रयास गरिहेको भए पनि सरकारको नियमित र घनिभूत क्रियाशीलतासँगै राजनीतिक तहको एकबद्धतापूर्ण निर्णय हुनुपर्ने भन्दै उसले उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र बनाउन सुझाएको छ ।

सुझाव पत्रमा भनिएको छ, संभव छ भने तपाईंकै नेतृत्वमा, त्यो संभव नभए, उपप्रधानमन्त्री ईश्वर पोखरलेको नेतृत्वमा प्रमुख दलका नेताहरू समेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment