Comments Add Comment

आइतबारदेखि कोरोना संक्रमणको परीक्षण धरानमै

१५ चैत, विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ ।

कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

‘कोरोना भाइरसको आशंका गरिएका बिरामीको भोलिदेखि प्रतिष्ठानमा तयार भएको ल्याबबाट स्वाब परीक्षणको कार्य सुरु हुनेछ,’ शर्माले भने ‘त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।’

यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो । कोरोना भाइरस अब धरानमा नै हुने भएपछि स्वाब संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता हट्नेछ ।

स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ । केही परीक्षणहरू काठमाडौं पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।

प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment