Comments Add Comment

खाद्यान्न उद्योगीले भने-५ दिनदेखि उद्योग बन्द छ, खोल्ने वातावरण बनाऊ

१५ चैत, काठमाडौं । उद्योगीहरुले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र त्यसको ओसारपसार ठप्प भएको बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गरेर अत्यावश्यकीय खाद्यान्न उत्पादन र विक्री वितरणको उचित प्रवन्ध गर्न माग गरेको छ ।

संघले विभिन्न पाँच बुँदे माग अघि सारको छ । श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन उनीहरुको परिवारलाई सुरक्षित महसुस गराई श्रमिक कर्मचारीलाई काममा जाने उच्च मनोबलको वातावरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ ।

खाद्य वस्तु ढुवानी गर्ने मालबाहक र खाली सवारी साधानहरु विगत ४ दिनदेखि विभिन्न ठाउँमा अडि्कएको संघले बताएको छ । चालकहरु सवारी साधन छोडेर आ-आफ्नो घरमा गईसकेको र उनीहरुलाई उचित व्यवस्था सहित उच्च मनोवल बृद्धी गरी खाद्य वस्तु निर्वाध रुपमा देशका विभिन्न ठाउमा पठाउनु जरुरी रहेको संघले स्पष्ट गरेको छ ।

हरेक उद्योग सञ्चालनको लागि दैनिक लगभग एक देखि पाँचलाखसम्म नगद आवश्यक पर्ने हुँदा शहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज वातावरण सिर्जना हुनपर्ने माग पनि अघि सारिएको छ ।

स्थानीय अधिकारीको रोहवरमा पसलहरु खोल्न लगाई उचित व्यवस्था गर्नुपर्ने माग पनि संघले गरेको छ ।

घरबाट निस्कने वातावरण नभएकोले श्रमिक कर्मचारीहरु उद्योगमा नजाने हुदा उद्योगबाट उत्पादित सह उत्पादन भुस, राईसब्रान, कनिका, चुन्नि भुसी, पिना एक ठाउबाट अर्को ठाउमा पठाउन समेत असहज भएको संघले बताएको छ । यसले खाद्यवस्तु उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने भएकाले सहजीकारण गरिदिन सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment