Comments Add Comment

लकडाउनमा कुनै सहयोग चाहिए मलाई सम्पर्क गर्नू : प्रकाशमान

१६ चैत, काठमाडौं । लकडाउनको समयमा कुनै सहयोग चाहिए सीधै आफूलाई सम्पर्क गर्न कांग्रेस नेता प्रकाशमान सिंहले आग्रह गरेका छन् ।

नेता सिंहले आफू, पार्टीनिकट जनप्रतिनिधि तथा सचिवालयका सदस्यहरूको सम्पर्क नम्बर सार्वजनिक गर्दै देश तथा विदेशमा रहेका जनतालाई केही समस्या परे जानकारी दिन आग्रह गरेका हुन् ।

‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा मलाई सदैव निर्वाचनमा विजयी बनाई सेवा गर्ने अवसर दिनु हुने काठमाडौं निर्वाचन क्षेत्र नं. १ का दिदीबहिनी तथा दाजुभाइहरूले र स्वदेश तथा विदेशमा बस्नुहुनेहरूले कुनै समस्या आइपरेमा मलाई र मेरो सचिवालयका साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ,’ नेता सिंहद्वारा जारी सूचनामा भनिएको छ ।

लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन कठिनाइ भएको भन्दै उनले राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेका छन् । दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि उनले सरकारलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment