+
+
Shares

कोरोना संक्रमित युवतीको उपचार बागलुङमै

बेल्जियमदेखि सँगै आएका थप दुई जनाको नमुना लिइँदै

अमृत सुवेदी अमृत सुवेदी
२०७६ चैत १६ गते १२:२८

१६ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ ।

बेल्जियमबाट कतार हुँदै ४ चैमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि घरमै रहेको उनलाई धौलागिरि अस्प्तालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य छ ।

धौलागिरि अस्पतालमै उपचार गर्न सकिने भएकाले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । ‘किशोरीको स्वास्थ अवस्था सामान्य छ । चिकित्सकहरु पनि पर्याप्त छन्, त्यसैले धौलागिरि अस्पतालमै उपचार हुन्छे,’ नले भने, ‘उपचारका लागि आवश्यक अत्यावश्यक सुरक्षा सामाग्री हामी पठाउँछौं ।’

संक्रमितको उपचार र उनको सम्पर्कमा आउनेलाई पनि सुरक्षा र साबधानी उपनाउन शनिबारै प्रदेश सरकारले गठन गरेको डा. आर्या पौडेलको संयोजकत्वमा रहेको र्‍यापिट रेस्पोन्ट टिमको बैठक बसेको थियो । संक्रमितको अवस्था बुझेर थप उपचारका लागि पोखरा वा काठमाडौं कहाँ लैजानुपर्ने हो तय गर्ने, एम्बुलेन्स लगायतका सामाग्री तयारी गर्ने बैठकको निर्णय थियो ।

तर विरामीको अवस्था जटिल नभएकाले बालगुङमै उपचार गर्न सकिने निश्कर्षका साथ पिपिई, भेन्टिलेटर लगायतका सामाग्री बागलुङ पठाइँदैछ । ‘गृह र स्वास्थ्य मन्त्रालयले पनि बागलुङमै उपचार गर्न अनुमति दिइसकेको छ,’ डा. निर्देशक शर्माले अनलाइनखबरसँग भने, ‘उपचारका लागि चाहिने सम्पूर्ण प्रवन्ध मिलाउँदैछौं ।’

बेल्जियमबाट आएका थप दुईको नमुना संकलन गरिँदै

कोरोना संक्रमित युवतीसँगै बागलुङका थप दुई जना पनि आएका थिए । बागलुङ नगरपालिका वडा नम्बर ३ की ६५ वर्षीय महिला र ढोरपाटनका युवक पनि किशोरीसँगै बेल्जियमदेखि बागलुङ आएका थिए ।

होम क्यारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रोट स्वाब आज संकलन गर्न लागिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए । ‘अरु व्यक्तिको पनि अवस्था हेरेर नमुना संकलन गर्ने तयारी भइरहेको छ,’ मेयर पौडेलले अनलाइनखबरसँग भने, ‘उनको सम्पर्कमा आउने अरुको पनि खोज भइरहेको छ ।’

स्वाब संकलनका निम्ति बागलुङमै तालिम प्राप्त दुई चिकित्सक तयारी अवस्थामा छन् भन् पोखरादेखि पीपीई र भिटिएम लिएर बालगुङ लगिएको प्रदेश जनस्वास्थ प्रयोगशालाकी प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?