
१६ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका विपन्न परिवारलाई १५ दिनका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।
नगरपालिकाको आइतबार बसेको बैठकले प्रत्येक वडाका एक सय विपन्न परिवारको पहिचान गरी खाद्यान्न वितरण गर्ने निर्णय भएको नगर प्रमुख मोहनबहादुर वस्नेतले जानकारी दिए ।
नगरपालिकाले विपन्न परिवारलाई १५ किलो चामाल, २/२ किलो आलु र चिउरा, एक/एक किलो दाल, चिनी, नुन र प्याज तथा १ लिटर खानेतेल वितरण गरिने उनले बताए ।
कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विपन्न परिवार बढी प्रभावित बनेकाले विपद् व्यवस्थापन कोषमार्फत राहत वितरण गर्न लागिएको वस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4