+
+
Shares

नेकपा महासचिवको आग्रह – ‘विदेशबाट आएकाको स्वास्थ्य परीक्षण गराऔं’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १७:१७

१६ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध सरकारले देश र जनतालाई जोगाउनका लागि गरिरहेको प्रयासमा साथ दिन सबैमा अपिल गरेका छन् ।

लकडाउनका कारण घरमै बसिरहेका महासचिव पौडेलले आइतबार भिडियो सन्देश जारी गरी अत्यावश्यक कामबाहेक घरमै बस्न र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका आग्रह र सूचना पालना गर्न समेत आग्रह गरेका छन् ।

महासचिव पौडेलले यसबीचमा हवाई तथा स्थलमार्ग हुँदै भारत लगायत तेस्रो मुलुकबाट आएका सर्वसाधारणलाई आफैं क्वारेन्टाइनमा बस्न, स्वास्थ्य परीक्षण गराउन तथा स्थानीय तहले निगरानी बढाउन आग्रह गरेका छन् ।

उनले नेकपाका कार्यकर्तालाई पनि त्यस्ता नागरिकहरुलाई स्वास्थ्य परीक्षणमा सघाउन स्वयंसेवी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?