
१३ चैत, वीरगञ्ज । बाराको निजगढ नगरपालिका–९ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको न्यूनतम महसुल छुट गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरसफाईमा जोड दिन उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले उपभोक्तालाई १० हजार लिटरसम्मको पानी उपभोगमा छुट दिन लागेको हो ।
संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले चैत महिनाको महसुल भुक्तानी गर्दा जरिवाना समेत छुट गरिने जानकारी दिए ।
लकडाउनका कारण आर्थिक उपार्जनको काम गर्न नपाएका उपभोक्तालाई महसुलमा दिइएको छुटले राहत पुग्ने संस्थाका सचिव महेश्वर अधिकारी बताउँछन् ।
संस्थाले निजगढ नगरपालिकाको १३ वटा वडामध्ये ६ वटा वडाका ४ हजार ६ सय उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4