Comments Add Comment

रामेछापमा विदेशबाट फर्किएका ५६ जना क्वारेन्टाइनमा

स्थानीय सरकारले बिरामीलाई निःशुल्क अस्पताल पुर्‍याउने

१७ चैत, रामेछाप । भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिएका ५६ जनालाई रामेछाप जिल्लामा क्वारेन्टाइनमा राखिएको छ ।

आइतबार साँझसम्म गोकुलगंगा गाउँपालिकामा सात जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा आठ जना, रामेछाप नगरपालिकामा १७ जना, खाँडादेवी गाउँपालिकामा १० र लिखु तामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

जिल्लाका विभिन्न पालिकाहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्नसक्ने खालका ४८ वटा आइसोलेसन कक्षहरु र एक सय ६७ क्वारेन्टाइन स्थापना भइसकेका छन् । हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा सात वटा, दोरम्बा गाउँपालिकामा सात वटा र सुनापति गाउँपालिकामा छ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए ।

त्यसैगरी, मन्थली नगरपालिकामा २० वटा, रामेछाप नगरपालिकामा ६० वटा,दोरम्बा गाउँपालिकामा ८ वटा, खाँडादेवी गाउँपालिकामा २० वटा, गोकुलगंगा गाउँपालिकामा १५ वटा, उमाकुण्ड गाउँपालिकामा २८ वटा र लिखुतामाकोशी गाउँपालिकामा १६ वटा क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए ।

सामुदायिक क्वारेन्टाइनमा बस्नेहरुको लागि खानाको व्यवस्था स्थानीय सरकारले गरेको छ । सामुदायिक क्वारेन्टाइनमा बस्नेलाई स्थानीय सरकारले सबै व्यवस्थापन गर्ने खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर खड्काले बताए ।

संक्रमणको आशंकामा बिरामीलाई अस्पताल लैजानुपर्यो भनेपनि एम्बुलेन्स खर्च स्थानीय सरकाले नै व्यहोर्ने जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

यसैबीच, विदेशबाट जिल्ला भित्रनेहरुको तथ्यांक संकलनको काम समेत सुरु भएको छ । तर, सही विवरण नदिँदा तथ्यांक संकलनमा केही समस्या आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment