१७ चैत, बुटवल । बुटवल उपमहानगरपालिका–१९, पत्थरगञ्जस्थित मिलनटोलमा छ कमला थापाको घर । ४५ वर्षीया कमला घरमा एक्लै बस्छिन् ।
पछिल्लो दिनमा ज्वरो आउने, शरीर दुख्ने र वान्ता हुन थालेपछि उनले उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जाने निर्णय गरिन् । त्यसका लागि बिहान १० बजेदेखि एम्बुलेन्स कुरेकी उनी साँझसम्म अस्पताल जान पाइनन्।
‘श्रीमान् र जेठो छोरा भारतमा छन् । कान्छो छोरो सुधार गृहमा छ । म बिरामी परेँ’ उनले भनिन्, तर बोलाएको एम्बुलेन्स साँझसम्म पनि आएन ।’
कोरोनाको त्रासको बेला ज्वरो आएका कारण छिमेकीले समेत हेर्न नआएको उनले सुनाइन् । एम्बुलेन्स पनि आएन, स्वास्थ्यमा पनि सुधार नभएपछि उनले स्थानीय जनप्रतिनिधिलाई खबर गरिन् । वडाकी दलित महिला प्रतिनिधि बिना दर्नालले कमलालाई अस्पताल लैजान पहल गरेकी छिन् । तर, एम्बुलेन्सको जोहो गर्न उनले पनि सकेकी छैनन् ।
वडा सदस्य दर्नालले भनिन्, ‘मैले वडाध्यक्ष हिमबहादुर खत्री, बुटवलका मेयर शिवराज सुवेदी, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराई तथा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यप्रसाद भट्टराई लगायतलाई खबर गरेँ। तर, बिरामीलाई अझैसम्म अस्पतालमा लैजान सकेको छैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4