Comments Add Comment

उत्तर प्रदेश सरकारले मानिसहरुमाथि नै छर्कियो हानिकारक रसायन

१७ चैत, काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेलीको बस स्टेशनमा रसायन छर्किएको छ । उत्तर प्रदेश सरकारले बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो ।

बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार मानिसहरुलाई यसरी छर्किएको पानीमा सोडियक हाइपोक्लोराइड जस्तो रसायन पनि मिसाइएको थियो । यस किसिमको रसायन जमिन वा घरको सफाइको लागि प्रयोग गरिन्छ । यसले मानिसको छाला तथा आँखामा नकारात्मक असर पार्छ ।

यो घटनाको विषयमा बरेलीका चिफ फायर अफिसर चन्द्रमोहन शर्माले भिडियोमा देखिए अनुसारको रसायन मानिसलाई खतरनाक भएकाले यसमा सामेल भएका सबैलाई कारबाही गरिने बताएका छन् ।

आइतबार बरेलीमा एक मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नगर निगमको स्वास्थ्य विभागको टोलीले मुख्य स्थानमा सेनिटाइजेसन गर्ने काम सुरु गरेको थियो । यसै क्रममा मानिसमाथि समेत उक्त रसायन छर्किएको हो ।

स्थानीय जिल्ला अधिकारीले सामाजिक सञ्जाल मार्फत् उक्त रसायन छर्किएको सबै मानिसको उपचार गरिने बताएका छन् । तर, मानिसहरुले यसमा आशंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment