Comments Add Comment

लकडाउनले प्रभावित विपन्न परिवारलाई लमही नगरपालिकाले खाद्यान्न बाँड्ने

१८ चैत, दाङ । लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई दाङको लमही नगरपालिकाले निःशुल्क खाद्यान्न वितरण गर्ने भएको छ । लमही नगरपालिका क्षेत्रभित्र रहेका अति विपन्न र वैदेशिक रोजगारीको भरमा जीवनयापन गर्नेहरुलाई चामल, दाल, तेल र नुन वितरण गर्ने निर्णय गरेको हो ।

लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा मंगलबार बसेको बैठकले चैत १९ गतेदेखि राहतस्वरुप खाद्यान्न वितरण गर्ने निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।

प्रवक्ता केसीका अनुसार बैठकले प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक लिटर सोयविन तेल, आधा लिटर तोरीको तेल र एक किलो नुन वितरण गर्ने निर्णय गरेको छ ।

खाद्यान्न सामाग्री खरिद तथा व्यवस्थापनको लागि देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, लमही चेम्बर अफ कमर्शका अध्यक्ष अजय न्यौपाने, लमही होटल व्यवसायी संघका अध्यक्ष हिमन्तप्रसाद पाण्डे र लमही नगरपालिकाका कर्मचारी हरि रावतलाई जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले लमही नगरपालिका वडा नम्बर ३ बनगाउँस्थित बाल जनता उच्च माविमा निर्माण गरिएको क्वारेन्टाइन सञ्चालनका लागि समिति पनि गठन गरेको छ ।

समितिमा लमही नगरपालिका वडा नम्बर ३ का बाबुराम चौधरी, नेकपाका लमही नगर सचिव बसन्तराज शर्मा ‘विक्रान्त’, नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, लमही अस्पतालका लोकराज पौडेल, लमही नगरपालिकामा कार्यरत गायत्री थापा, देवा नेपाली र बाल जनता माविका प्रधानाध्यापक चेतलाल चौधरी छन् । समितिको संयोजक लमही नगरपालिका प्रमुख कुलबहादुर केसी आफैं छन् ।

यो पनि पढ्नुहोस भारत जाऔं रोग छ, नेपाल जाने बाटो बन्द छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment