Comments Add Comment

रौतहटमा नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी

१८ चैत, रौतहट । गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ । मेयरका भाई मोहन नेकपाको इशनाथ नगरपालिका समितिका अध्यक्ष हुन् ।

गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम गाँजा र ९१ हजार रुपैयाँ बरामद भएको थियो ।

सो एम्बुलेन्समा तीन वटा झोलामा ६ वटा पोका बनाएर मनहरीबाट हेटौंडातर्फ गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी र एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्द खलिद र अशोक कुमार पक्राउ परेका थिए ।

मकवानपुर जिल्ला अदालत हेटौडाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ पूर्जी जारी गरेको हो । मेयरका भाइ तथा नेकपाका नगर अध्यक्ष मोहन मेहता एम्बुलेन्स सञ्चालन समितिको अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment