Comments Add Comment

भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त 

१८ चैत, चितवन । चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयका आधारमा तीन वर्षे कार्यकालका लागि भरतपुर अस्पताल गठन आदेश २०७६ को दफा ३ बमोजिम डा. अधिकारी नियुक्त भएका हुन् ।

डा. अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् ।

अध्यक्ष बनेका डा. अधिकारी सोही अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन हुन् । डा. अधिकारी अहिले भरतपुर कोरोना अस्पतालको प्रवक्ता एवं सदस्य सचिव भएर काम गरिरहेका छन् ।

डा. अधिकारीले आफू अध्यक्ष बनेपछि कोरोना भाइरसको संक्रमणलाई चितवनमा आउन नदिने गरी प्रभावकारी ढंगले सजगता अपनाएर काम गर्ने बताए । डा. अधिकारीले अनलाइनखबरसँग भने ‘चितवनलाई मेडिकल सिटी बनाउने कामको नेतृत्व भरतपुर अस्पतालले लिन्छ, अस्पताललाई स्वास्थ्य शिक्षासमेत दिने एकेडेमी बनाउने र अहिले नाममा मात्रै भएको केन्द्रीय अस्पताललाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै नभएका मापदण्डहरुलाई पूरा गर्ने काम गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment