Comments Add Comment

विपत्को बेला सहकारीले सामाजिक दायित्व पूरा गर्नुपर्छ-सहअध्यक्ष पौडेल

२० चैत, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले मुलुक कोरोना भाइरस (कोभिड-१९)को असर प्रभावित भएको बेला सुरक्षित र धैर्य भएर सेवा दिन सहकारीकर्मीलाई आग्रह गरेका छन् ।

६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीवार शुभकामना सन्देश जारी गर्दै पौडेलले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा ठूलो क्षती पुर्‍याएकोमा दुःख व्यक्त गर्दै विपतको बेला सहकारी क्षेत्रले राज्यका निकायसँग सहकार्य र साझेदारी गरेर आˆना सदस्यलाई सघाउन पनि आग्रह गरेका छन् ।

महामारीको विषम परिस्थितिले सहकारी दिवस विशेष कार्यक्रम गरी मनाउन कठिन भए पनि आफ्नो क्षेत्रबाट सहकारीका सदस्य र समाजप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्न बोर्डका सहअध्यक्ष पौडेलले अपिल गरेका छन् ।

मुलुकमा आइपरेको संकटको सामाना गर्न सहकारी क्षेत्र आफ्ना सदस्य तथा नागरिकलाई राहात वितरण गर्ने, जनचेतना फैलाउने लगायतका कामबाट पुर्‍याएको योगदानको पनि पौडेलले प्रशंसा गरेका छन् ।

संविधानले सहकारी क्षेत्रलाई दिएको अभिभारा, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार सहकारी संस्था चल्नुपर्ने पौडेलले बताएका छन् । सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढेको र सहकारी क्षेत्रका समस्या सामाधान गर्न तथा गुनासालाई सम्बोधन गर्न बोर्डले सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग समन्वय गर्ने समेत स्पष्ट पारेका छन् ।

मुलुकभर रहेका ३५ हजार बढी सहकारी र ६३ लाख बढी सदस्यको जीवनस्तरमा सुधार गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता दिलाउने दायित्व सहकारीको भएको सहअध्यक्ष पौडेलले स्मरण गरेका छन् ।

सहकारी विकास बोर्ड भूमि व्यवस्था, सहकारी तथा गरिवी विनारण मन्त्रालयको नीति निर्देशन, मार्गदर्शन, सहकारी विभाग र सहकारी अभियानसँगको सहकार्यमा अघि बढ्ने समेत पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारी क्षेत्र मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्ने बनाउँदै सहअध्यक्ष पौडेलले सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा परिचलान गर्न जोड दिएका छन् ।

सहकारीलाई समसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो प्रभावकारी सेवा दिएर वित्तीय शुसासन कायम गर्न आग्रह गरेका छन् । सरकारले तोकेको कार्य जिम्मेवारी अनुरुप बोर्डले सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुसारको सहकारी ऐन, नियमको मस्यौदा तयार पारी सरकार समक्ष प्रस्तुत गर्ने काम गर्दै आएको र आगामि दिनमा पनि बोर्डको आफ्नो दायित्वलाई पूरा गर्ने सहअध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment