Comments Add Comment

इमोजी : अन्धधुन्द प्रयोग गर्दा फन्दामा परिएला

आज इन्टरनेटले संसारलाई सानो औंलामा समेटेको छ । आज ठुला–ठुला व्यावसायिक कुराहरुदेखि पढाई समेत मानिसहरु इन्टरनेटको माध्यमबाट गर्छन् । विदेशमा रहेका आफन्तहरुको हरेक गतिविधिहरु इन्टरनेटको माध्ययमबाट देख्न र सुन्न पाइन्छ । त्यसैले आज इन्टरनेट त्यति आवश्यक भैसकेको छ, जति गाँस, बास, कपास हुन्छ । तर इन्टरनेटका साइटहरु राम्रोसंग प्रयोग भएन भने त्यसले तपाईंको व्यक्तित्व, चरित्र र व्यवहारलाई नोक्सान पु¥याउन सक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

अहिले धेरै प्रयोग हुने एपहरु मध्य व्हाट्सएप, म्यासेन्जर, भाइबर, इन्स्टाग्रँम आदि हुन् । यी एपहरुमार्फत तपाईंले आफ्ना भावनाहरुलाई व्यक्त गर्नका लागि इमोजीको प्रयोग गर्नु हुन्छ । विहानदेखि रातीसम्म हरेक समय हामी यी एपहरुसंग जोडिरहन्छौ । त्यस क्रममा हामी केही लेखेर पठाउनु भन्दा ती कुराहरुसंग सम्बन्धित इमोजी सेन्ड गर्छौं र आफ्नो कुरा बतायौ भन्ने सोच्छौ । तर कतै तपाईंले अञ्जानमा गलत इमोजी त पठाइरहनु भएको छैन ? तपाईंको मानसिकता गलत नभएता पनि कहिलेकाहिं त्यस्ता इमोजी पठाउन सक्नु हुन्छ, जसको अर्थ अत्यन्त फोहोरी हुन सक्छ । त्यस्ता केहि इमोजीको बारेमा आज हामी चर्चा गर्दैछौं  , जसको अर्थ गलत हुन सक्छ । जसको बारेमा हामी सबैलाई थाहा नहुन सक्छ ।

आई रोलिङ

यो इमोजीको अर्थ घृणा र वाक्क भएको व्यक्त गरेको हुन सक्छ ।

नमस्ते

यो इमोजीको प्रयोग प्रायः हामी धन्यवाद अथवा प्रणाम गर्नको लागि गर्छौं, तर यसको सही अर्थ हाईफाई इव हुन्छ ।

डोनट

मानिसले यसलाई स्वीटको लागि प्रयोग गर्छन् तर छाडा शब्दमा यसलाई भेजाइनाको सिम्बोल मानिन्छ ।

लभ होटल

यो इमोजीले वेश्यालय भन्ने दर्शाउँछ ।

गल्र्स विथ बन्नी इयर्स

यो इमोजीको अर्थ मानिसहरु भिन्दा भिन्दै भावनाहरुलाई दर्शाउनका लागि प्रयोग गर्छन् । तर धेरै व्यक्तिहरु यसलाई वेश्यावृत्तिको लागि पनि प्रयोग गर्छन् । जापानमा यसलाई सेक्स डलको संकेत मानिन्छ ।

साइलेन्ट फेस

साइलेन्ट फेस भएको इमोजीको अर्थ आफ्नो मुख बन्द राख्नु भन्ने हुन्छ ।

स्प्लेस

यो इमोजीको प्रयोग सम्भोगको चरम सीमाको लागि गरिन्छ ।

चेरी

यो इमोजीलाई मानिसहरु त्यसबेला पठाउँछन्, जब उनीहरु कसैसंग सेक्सी सेल्फी मागिरहेका हुन्छन् ।

माइक्रोफोन

यसले मेल अग्र्यानलाई दर्शाउँछ ।

केटिले आफ्ने टाउकोमा हात राख्नु

यो इमोजीले फीमेल अग्र्यानलाई दर्शाउँछ ।

पीच

यदि तपाईंलाई कसैले यो इमोजी पठाउँछ भने यसको अर्थ बम भन्ने हुन्छ ।

मेल बक्स

यसको अर्थ यो इमोजी तपाईंलाई जसले पठाएको छ भने उ तपाईसंग सेक्स गर्ने इच्छा व्यक्त गरिरहेको छ ।

फायर

यदि कसैले तपाईंलाई यो इमोजी पठाएको छ भने यसको अर्थ तपाई सेक्सी देखिनु भएको छ ।

त्यस्ता धेरै इमोजीहरु छन् जसको अर्थ अत्यन्त छाडा हुन सक्छ, जसको बारेमा हामीलाई थाहा हुँदैन । त्यसकारण हामीले इमोजीको अर्थ बुझेर मात्र त्यसलाई पठाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment