Comments Add Comment

बिहीबार कुन ग्यास कहाँ पाइन्छ ? (सूचीसहित)

२० चैत, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा एकै दिन एक लाख सिलिन्डर ग्यास वितरण गरेको छ ।

बुधबार एकैदिन विभिन्न उद्योगको एक लाख एक हजार एक सय १७ सिलिन्डर ग्यास वितरण गरेको निगमले जनाएको छ ।

त्यसै टेकुस्थित कार्यालयबाट विभिन्न वर्गहरुको लागि लक्षित गरी संचालन गरिएको घुम्ति सेवा मंगलबार र बुधबार २ सय ६१ सिलिन्डर ग्यास वितरण भएको पनि निगमले जनाएको छ ।

विहीबार पनि विभिन्न ग्यास उद्योगबाट उपत्यका लगायतका स्थानहरु ग्यास वितरण नियमित रहेको निगमले जनाएको छ ।

साथै निगमले उपभोक्ताहरुको सहजताको लागि एलपी ग्यास सम्बन्धी कुनै जानकारी आवश्यक परेमा सम्पर्क गर्न पनि भनेको छ ।

निगमको हटलाईन ११४६, टोल फ्री १६६००११००२८ नम्बर खुला राखिएको छ । यस्तै ९८५१२७३४७९, ९८५१२७३४३१ र ९८५१२७३२६९मा पनि सम्पर्क गर्न सकिने निगमले जनाएको छ ।

बिहीबार ग्यास वितरणहरुले डिपो र सम्पर्क नम्बरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment