+
+
Shares

उद्योग प्रतिष्ठानहरू सशर्त खोल्न दिने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २२:१६

२० चैत, काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

‘उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने ।

अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिने उनले बताए ।

तामाकोसी, मेलम्चीलगायतका आयोजनामा काम सुरु गरिने

यस्तै तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम सुरु गर्ने निर्णय भएको छ । त्यहाँ अहिले नै ठूलो संख्यामा कामदार रहेको भन्दै मन्त्री खतिवडाले भने, ‘बाहिरका कामदारहरु आउन नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय अपनाएर कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’

अरु आयोजनाहरुले आफ्नै क्षेत्रका कामदारहरुमार्फत् काम गराउन सक्छन् भने स्थानीय प्रशासनले त्यसमा सहजीकरण गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?