Comments Add Comment

रुसमा कोरोना संक्रमित ३५ सय नाघे, लकडाउनको अवधि थपियो

२० चैत, काठमाडौं । रुस सरकारले लकडाउनको अवधि एक महिना बढाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले लकडाउनको अवधि ३० अप्रिलसम्म बढाएका हुन् ।

अत्यावश्यक सेवाका कर्मचारीहरुलाई विदा दिइएको छैन । अन्यलाई भने घरमै बस्न भनिएको छ । घरमै बस्ने कर्मचारीहरुलाई सरकारले तलब भने दिनेछ ।

राष्ट्रपति पुटिनले कोरोना भाइरसको महामारीको अवस्था रुसका हरेक राज्यमा अलग-अलग रहेको छ । तर, राजधानी मस्कोको अवस्था अन्यको तुलनामा गम्भीर रहेको बताएका छन् ।

पुटिनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समन्वय गरेर काम गर्न संघ, प्रदेश र स्थानीय सरकारका निकायहरुलाई निर्देशन दिएका छन् ।

पछिल्लो विवरणअनुसार रुसमा कोरोना संक्रमितको संख्या २४ घण्टामै सात सय ७७ ले बढेर तीन हजार पाँच सय ४८ पुगेको बीबीसीले जनाएको छ । मृतकको संख्या पनि छ जनाले बढेर ३० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment