Comments Add Comment

सुखमय दाम्पत्य जीवनका लागि 

सम्बन्ध बनाउन जति सजिलो छ, त्यसलाई निर्वाह गर्न उत्तिकै गाह्रो हुन्छ । जीवनमा खुशीहरु राम्रो सम्बन्धबाटै अँउँछन् । भनिन्छ, जोडीहरु स्वर्गमै तय गरिएको हुन्छ । तपाईंको सम्बन्ध तपाईको व्यवहार, तपाईंको सुझबुझ तथा एक–अर्कालाई सम्झन सक्ने क्ष्ँमतामा निर्भर गर्दछ ।

पुरै जिन्दगी बिताउने सक्ने त्यस्तो व्यक्तिलाई खोज्नु आफेंमा एटा गाह्रो कार्य हो । हरेक सम्बन्धमा उतार–चढावहरु आइरहन्छन् । तर, त्यसको अर्थ के होइन भने तपाईंले ती सम्बन्धहरुलाई सिध्याउनु पर्छ । तीनलाई सुधार्ने प्रयास अवश्य पनि गर्नु पर्छ । जसबाट सम्बन्धलाई बचाउन सकिन्छ । आउनुहोस्, केही त्यस्ता उपायहरुका बारेमा जानौं, जसबाट सम्बन्धमा सुधार ल्याउन सकिन्छ ।

संग–संगै धेरै समय व्यतित गरौं

आफ्नो जोडीसंग धेरैभन्दा धेरै समय बिताउनु पर्छ । यसो गर्नु भयो तपाईंहरुबीचको मनमुटाव हट्नेछ र तपाईंहरुले एक

अर्कालाई राम्ररी बुझ्ने मौका पनि पाउनु हुनेछ । बढी समय दिनाले तपाईंले आफ्ना जोडीको अझ बढी हेरचाह गर्न पाउनु हुनेछ, जसबाट तपाईंको सम्बन्ध मजबुत हुनेछ ।

तपाईंहरु दुई जना मात्र तास खेल्नुहोस्, बाहिर घुम्न जानु होस्, नयाँ–नयाँ कुराहरु गर्ने प्रयास गर्नुहोस्, एक–अर्कँलाई सहयोग गर्नुहोस् । केही त्यस्तो काम गर्नुहोस्, जुन तपाईंहरु दुबै जनालाई मन परोस् र त्यसले तपाईंहरु दुबै जनालाई खुशी प्रदान दिओस् । साथै त्यस्ता कुराहरुलाई वेवास्ता गर्नु होस्, जसले तपाईंहरु दुबैको टेन्सन बढाउँछ ।

एक–अर्कालाई स्थान दिनु पर्छ

कहिलेकाहीं केही परिस्थितिहरु त्यस्तो भैदिन्छन्, जसमा केवल तपाईं आफैंलाई मात्र बुझ्न सक्नु हुन्छ । त्यो बेला एक्लै बस्न मन लाग्छ । त्यस्तो बेलामा तपाईंले आफ्ना जोडीलाई समय दिनु पर्छ । उनलाई आफ्नो जीवन जीउन दिनु पर्छ र तपाईंले पनि आफ्नो जिन्दगीलाई बुझ्नु पर्छ । यदि तपाईंहरुले एक–अर्काको जीवनमा तपाईंले बढी दख्खल दिन थाल्नु भयो भने त्यसले तपाईंलाई आफ्नै सम्बन्ध बोझ लाग्न थाल्नेछ ।

यदि तपाईंका जीवनसाथी साथीहरुसंग ह्याङ आउट गर्न चाहन्छन् भने उनलाई रोकटोक गर्नु हुँदैन । साथीहरुसंग समय बिताउन हामी सबैलाई रमाइलो लाग्छ । उनले तिमीलाई माया गर्छन्, तर त्यसको अर्थ के होइन भने उनका लागि साथीले महत्व नै राख्दैनन् । त्यसैले सम्बन्धमा स्थान दिनु पनि अति नै अनिवार्य छ ।

विश्वास गर्नु पर्छ

कुनै पनि सम्बन्धमा प्रेमको आवश्यकता जति हुन्छ, त्यति नै विश्वासको पनि हुनु पर्छ । यदि तपाईंको सम्बन्धमा शंका नामको चिज आउन थाल्यो भने त्यसले तपाईंको सम्बन्धलाई नराम्रो बनाउने निश्चित छ । खासगरी लामो–दुरीको सम्बन्धमा । एक–अर्कामा विश्वास हुनु अति नै अनिवार्य छ । अन्यथा तपार्ईहरुको सम्बन्ध निकै नै समस्यामा पर्नेछ ।

प्रेम यदि कम भयो भने पनि सम्बन्ध निर्वाह गर्न सकिन्छ, तर यदि विश्वास नै भएन भने सम्बनध टुट्नमा समय लाग्दैन । भनिन्छ, सम्बन्ध भनेको एउटा धागो जस्तो हो, यदि तपाईंले धेरै तान्नु भयो भने त्यसलाई टूट्नबाट कसैले पनि बचाउन सक्दैन । त्यसैले तपाईंले आफ्ना सम्बन्धमा सृदृढता चाहनु हुन्छ भने सम्बन्धका हल्का खुकुलो बनाउनै पर्छ ।

लगाव पनि हुनु पर्छ

तपाईंले आफ्नो साथीलाई कति चाहनु हुन्छ भन्ने कुरा उसलाई कसरी थाहा हुन्छ ? तपाईले उनलाई माया गर्नु हुन्छ भन्ने कुरा उनलाई पनि थाहा हुनु पर्छ । भनिन्छ, प्रेमको कुनै भाषा हुँदैन । तर, कहिलेकाहिं शब्दहरुमा यसलाई बयान गर्नु अति नै अनिवार्य हुन्छ । त्यसैले यसमा आफ्नो लगाव बढाउनु पर्छ । यौन तथा लगाव दुई भिन्न कुराहरु हुन् । बेडरुमभन्दा बाहिर पनि तपाईंले आफ्ना जोडीलाई प्रेम व्यक्त गर्न अनिवार्य छ ।

एक–अर्काको कुरा सुन्नु पर्छ

कुनै पनि विषयमा वहस गर्नु भन्दा एक–अर्काको कुरा ध्यान दिएर सुन्न पर्छ र बुझ्नु पर्छ । वहस गर्नाले कुनै पनि कुराको हल निस्कँदैन । यसका साथै तपाईंले विना कारण झगडा गर्ने कुरा गरेर स्थितिलाई अझ बढी बिगार्नु हुनेछ । त्यसैले एक–अर्काको कुरालाई सम्झेर आफ्नो कुरा राख्नु पर्छ । यदि तपाईं सही हुनुहुन्छ भने तपाईंको साथीले पनि तपार्यंको कुरा बुझ्नेछन् । यसो गर्नाले तपाईंहरुको आपसी समझदारी राम्रो हुनेछ । केवल, उनलाई सम्झनका लागि थोरै समय दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment