Comments Add Comment

उत्तर कोरिया भन्छ- देश कोरोनामुक्त, अमेरिकाले भन्यो- असम्भव

२१ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गम थलो चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देश कोरोना भाइरसबाट मुक्त रहेको दाबी गरेको छ । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेका बेला उत्तर कोरियाले आफ्नो देश कोरोनामुक्त रहेको दाबी गरेको हो ।

उत्तर कोरियाको केन्द्रीय आपतकालीन केन्द्रका प्रमुख पाक म्योङ्ग सुले अहिलेसम्म एक जना व्यक्तिमा पनि कोरोनाको संक्रमण नभेटिएको दाबी गरेका हुन् ।

छिमेकी चीनमा कोरोना भाइरस पुष्टि भएको सार्वजनिक हुनासाथ उत्तर कोरियाले सीमा नाका बन्द गरेको थियो । उनले भनेका छन्, ‘कोरोना रोकथामको हाम्रो प्रयास पूर्णरुपमा सफल भएको छ । एक जना व्यक्तिमा पनि कोरोना संक्रमण छैन ।’

उत्तर कोरियाको यो दाबीमाथि अमेरिकाले प्रश्न उठाएको छ । यूएस मिलिटरी कमाण्डर जनरल रोबर्ट एबराम्सले उत्तर कोरियाको कोरोनामुक्त भनाइप्रति प्रश्न उठाउँदै भनेका छन्- असम्भव दाबी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment