Comments Add Comment

अत्यावश्यक खाद्यान्न बोकेर हुम्ला पुग्यो तारा एयर

२१ चैत, काठमाडौं । नेपाल खाद्य संस्थानको अत्यावश्यक खाद्यान्न सामग्री बोकेर तारा एयर हुम्लाको सिमिकोट पुगेको छ । कम्पनीको ट्वीनअटर डीएचसी ६–३०० जहाज करिब १.५ टन खाद्यान्न बोकेर सिमिकोट गएको हो ।

नेपालको दुर्गम जिल्ला र सडक यातायातले नछोएको जिल्लामा जहाजबाटै खाद्यान्न पुर्‍याउनु पर्ने बाध्यता छ । तर, लकडाउनका कारण यस भेगमा खाद्यान्न पुर्‍याउन कठिनाई परेको थियो ।

सरकारले लकडाउन अवधिभर नियमित आन्तरिक तथा बाह्य उडान रोकेको छ । तर, अत्यावश्यक वस्तुको आपूर्ति, मेडिकल उडान तथा अन्य सेवाका लागि भने चार्टर्ड उडान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment