Comments Add Comment

लकडाउन उल्लङ्घन गरेका २४० सवारी साधन नियन्त्रणमा

२३ चैत, काठमाडौं । काठमाडौंमा लकडाउन उल्लङ्घन गरेका दुई सयभन्दा बढी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट आइतबार बिहान १० बजेसम्म दुई सय ३१ वटा मोटरसाइकल र नौ वटा चारपाङ्ग्रे गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अतिआवश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न प्रहरी अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment