
नेपाली चलचित्रका सफल नायक हुन्, राजेश हमाल । नायक राजेश हमालले लामो समयदेखि चलचित्रमा काम गरेका छैनन् ।
उनले चलचित्रमा काम नगर्नुको कारण कथा नै मन नपरेर हो । नत्र, उनलाई चलचित्रको अफर भने खुबै आइरहेको छ ।
हमाल अहिले लक डाउनका कारण घरमै छन् । यो समयमा हमाल कि त विदेश यात्रामा कि त नेपालका विभिन्न कार्यक्रममा पुगिरहेका हुन्थे ।
तर, लकडाउनका कारण घरमै रहेका हमालको तस्वीर र भिडियो दैनिक रुपमा सार्वजनिक भइरहेका पनि छन् । अहिले हमालको फुलेको दाही र जुंगाको पनि खुबै चर्चा छ ।
यसैबीच, हमालले सामाजिक सञ्जालमा लेखेका छन–‘कुनै पनि कुरा सही र गलत हुँदैन । यो मानिसको हेर्ने दृष्टिकोणमा भरपर्छ ।’
पक्कै पनि हमालको यो कुराले धेरै कुराको अर्थ राख्नसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4