
२४ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतका विभिन्न सीमाहरूमा अलपत्र नेपालीलाई उद्धार गर्न माग गरेको छ । सिमानामा करिब एक हजार नेपालीले कष्टप्रद र पीडादायी अवस्थामा रहेको भन्दै उद्धार गरेर क्वारेन्टाइनमा राख्न उसले सरकारलाई अनुरोध गरेको छ ।
भारतमा बेखर्ची भएका नेपालीलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार, आवश्यक व्यवस्था गर्न भारत सरकारसित कूटनीतिक पहल गर्नुपर्ने जनमोर्चा प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भारतबाहेकका देशमा संकटमा रहेका नेपालीको समस्या समाधानका लागि आवश्यक कूटनीतिक पहल गर्न पनि जनमोर्चाको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4