+
+
Shares

गाउँपालिकाका कर्मचारी मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १२:१३

२४ चैत, काठमाडौं । दुई दिनदेखि बेपत्ता सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका सवओभर सियर मृत फेला परेका छन् । २७ वर्षीय पुर्णबहादुर खड्का सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ स्थित पिकेखोपमा मृत फेला परेको नगरप्रमुख नाम्गेल जम्बु शेर्पाले जानकारी दिए ।

सोलुदुधकुण्ड–५ मा स्थायी घर भएका खड्का सहित १२ जना पिकेखोप क्षेत्रमा घुम्न गएका थिए । यो पर्यटकीय क्षेत्र हो ।

प्रहरी स्रोतका अनुसार घुम्न गएकाहरूले मादक पदार्थ सेवन गरेका थिए । त्यहाँ गएका खड्काका साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?