Comments Add Comment

कोरोना भाइरसविरुद्ध मास्कको प्रयोग कति प्रभावकारी ?

कोरोना भाइरसबाट बच्नका लागि मास्क अत्यन्त प्रभावकारी हुन्छ तर मास्कको बारेमा मानिसहरुमा विभिन्न प्रकारका असमझदारीहरु रहेका छन्  । कुन मास्क प्रयोग गर्ने, मास्क कस्तो स्थितिमा लगाउने, कसरी लगाउने र यसलाई लगाउने सही तरिका कस्तो हो ? यी प्रश्नहरुका जबाफ यसप्रकार छन् ।

कोरोना भाइरससंग बच्नका लागि मास्क लगाउन कत्तिको आवश्यक छ ?  कुन–कुन व्यक्तिले र कहिले–कहिले मास्क लगाउनु पर्छ ?

अहिलेको समयमा मास्क लगाउनु अनिवार्य छ भन्ने कुरा मानिसहरुमा  एक प्रकारको फोयिबा अथवा एक प्रकारको सोचाई नै भैसकेको छ । जसका लागि मानिसहरु पसलहरुमा मास्क किनिरहेका छन् । अहिलेको स्थितिको फाइदा उठाउँदै कतिपय पसलहरुमा त मास्कको कालो बजारी पनि भएको छ । मानिसहरु यसलाई मंहगोमा किन्न बाध्य भएका छन् ।

तर यसबारेमा विशेषज्ञहरुको धारणा बेग्लै छ । उनीहरुका अनुसार मास्क घरभित्र बस्दा, उठ्दा, सुत्दा, खाना खाँदा, पिउँदा अथाएत हरेक समय मास्क लगाइरहनु आवश्यक छैन । केही मानिसहरु जो घर छन्, उनीहरु मास्क लगाएर बस्छन् । घरमा बस्दा मास्क लगाएर बस्नु आवश्यक छैन ।

कोरोना भाइरस त्यो समयमा मात्र फैलिन्छ, जब कुनै संक्रमित व्यक्तिले हाछयूँ गर्दा अथवा खोक्दा उसको मुखबाट स–साना थुक तथा सिंगानका छिट्टा निस्कन्छ । यदि संक्रमित व्यक्तिले खोक्दा अथवा हाछयूँं गर्दा अर्को कुनै व्यक्ति तीन मिटर नजिक छ भने उसलाई यो भाइरस फैलन सक्छ ।

त्यसैले यी कुराहरुमा ध्यान दिनु पर्छ

-यदि तपाईं कुनै त्यस्तो विरामीको साथमा हुनुहुन्छ, जसले खोकिरहन्छ भने त्यो समयमा तपाईंले मास्क लगाउन सक्नु हुन्छ ।

-त्यस्तै, त्यस्ता व्यक्तिहरु जसलाई रुघा–खोकि लागिरहेको छ, उनीहरुले पनि कुराकानी गर्ने क्रममा पनि मास्क लगाउनु पर्छ । जसका कारण यदि उनीहरुले खोक्दा अथवा हाछयूँ गर्दा उनीहरुको मुखबाट निस्कने थुकको छिट्टाहरु मास्कले रोक्छ र अर्को व्यक्ति सुरक्षित हुन्छ ।

-यदि तपाईंले त्यस्ता विरामीहरुको हेरचाह गरिरहनु भएको छ, जो रुघाखोकिबाट पिडित छ भने त्यस्तो समयमा मास्क लगाउनु आवश्यक छ ।

-कुनै त्यस्तो ठाउँ जाँदा पनि मास्क लगाउनु पर्छ, जहाँ हामीलाई कस्ता विरामीहरु छन् भन्ने कुरा थाहा हुँदैन ।

कस्तो मास्क लगाउनु पर्छ ?

बजारमा विभिन्न किसिमका मास्कहरु उपलब्ध छन् । मास्क जति धेरै महंगो हुन्छ, त्यो त्यति नै सुरक्षित हुन्छ भन्ने मानिसहरुको सोचाई रहेको छ ।

महंगो कुरा राम्रो हुन्छ भन्ने भ्रम मानिसहरुमा रहेको छ । त्यहि कुरा मास्कमा पनि लागू हुन्छ । यसका लागि एउटा कुरा थाहा पाउन आवश्यक छ, त्यो हो केवल एन–९५ मास्क प्रयोग गर्नु पर्छ भन्ने आवश्यक छैन ।

यो भाइरसबाट बच्नका लागि तपाईं सामान्य सर्जिकल मास्क पनि प्रयोग गर्न सक्नु हुन्छ । जसलाई डाक्टरहरुले अपरेशनको क्रममा प्रयोग गर्छन् । यदि तपाईंले मास्कलाई नियमित रुपमा प्रयोग गरिरहनु भएको छ भने एउटा मास्कलाई  केवल ६ देखि ८ घण्टा भन्दा बढि प्रयोग गर्नु हुँदैन । यसलाई लामो समय प्रयोग गरिरहँदा यो संक्रमित हुन्छ । यदि लकडाउनको क्रममा तपाईंले मास्क किन्न पाउनु भएन भने पुरानो मास्कलाई राम्रोसंग धोएर पुनः प्रयोग गर्न सक्नु हुन्छ ।

मास्कलाई कसरी प्रयोग गर्ने र कसरी फ्याँक्ने ?

-मास्क  लगाउनु अगाडि हातलाई सेनिटाइजर अथवा साबुन पानीले राम्रोसंग धुनु पर्छ ।

-यदि तपाईंले मास्क प्रयोग गरिरहनु भएको छ भने त्यसलाई छुनु हुँदैन । यदि छोइहाल्नु भयो भने आफ्नो हातलाई राम्रो सेनिटाइज गर्नु पर्छ अथवा साबुन पानीले हात धुनु पर्छ ।

-मास्क लगाउँदा नाकदेखि चिउँडोसम्म ढाकिने हुनु पर्छ । किनभने हाम्रो नाक र मुखका तीे एरियाहरु हामीले खोक्दा अथवा हाछयूँ गर्दा निस्कने थुकका छिट्टाहरु यही माध्यम हुँदै जान्छ ।

-मास्क प्रयोग गर्दा मास्कको माथिल्लो भागलाई छुनु हुँदैन ।

-मास्क बिग्रनासाथ त्यसलाई तुरुन्त परिवर्तन गर्नु पर्छ ।

-मास्कलाई माथितर्फ नसमाति फुकाल्नु पर्छ ।

-मास्कलाई प्रयोग गरेपछि त्यसलाई घरमा जहाँ त्यहीँ राख्नु हुन्न ।

-मास्कलाई बन्द डस्टबिनमा हालेर तुरुन्त हात धुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment