Comments Add Comment

करिब १० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउँदै जापान

सात प्रान्तमा एक महिने आपतकाल घोषणा हुँदै

काठमाडौं । जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको बताएका हुन् ।

साथै आबेले टोकियो सहित मुलुकका सातछ प्रान्तमा मंगलबारसम्म आपतकाल घोषणा हुने बताएका छन् । बीबीसीकाअनुसार मुलुकमा बढ्दो कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि सात प्रान्तमा आपतकालको घोषणा गरिन लागेको हो ।

आबेले मंगलबार घोषणा गरिने आपतकाल करिब एक महिना लामो हुन सक्ने बताएका हुन् । जापानमा अन्य मुलुकको तुलनामा भाइरसका संक्रमितको संख्या कम छ । तर, राजधानी टोकियोमा भने उल्लेख्य मात्रामा यो भाइरस फैलिन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

अहिलेसम्म जापानमा भाइरसको कारण ८५ जनाको मृत्यु भइसकेको छ । टोकियोमा मात्र भाइरसका एक हजारभन्दा धेरै संक्रमित छन् । टोकियोमा एक साताको अवधिमा नै संक्रमित संख्या दोब्बर पुगेको हो ।

आपतकालको घोषणा गरिएसँगै सातै प्रान्तका गभर्नरहरुलाई विद्यालय र व्यावसायिक क्षेत्र बन्द गराउने अधिकार हुनेछ । तर, मानिसहरुलाई घरमा नै बस्न आदेश दिने अधिकार भने उनीहरुलाई हुँदैन । आबेले जापानमा आपतकालपछि पनि अन्य मुलुकमा जस्तो सहर बन्द गर्न नसकिने बताएका छन् ।

केही विशेषज्ञहरुले भने जापानले यो निर्णय निकै ढिला ल्याएको बताएका छन् । यसअघि नै यस किसिमको योजना ल्याएको खण्डमा जापानले कोरोना भाइरसलाई सहजै नियन्त्रण गर्न सक्ने उनीहरुको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment