Comments Add Comment

एनसेल मोबाइलमा ब्यालेन्स सक्यो? यसरी गर्नुस् अनलाइनबाट सजिलै रिचार्ज

२५ चैत, काठमाडौं । विश्वव्यापी रुपमा महामारी बनेर फैलिरेको कोरोनाभाइरसको विरुद्ध लकडाउनमा बस्दै जुधिरहँदा बजारमा सजिलै रिचार्ज कार्डहरु नपाइन सक्छन् । कहाँ के भईरहेको छ भनेर जान्न तथा बुझ्न हामीलाई दूरसञ्चार सेवा नभई हुन्न ।

एनसेलले ग्राहकलाई सजिलै आफ्नो वेबसाइटमार्फत ब्यालेन्स रिचार्ज गर्न सकिने सुविधा दिँदै आएको बताएको छ। अहिलेको अवस्थामा यो प्रक्रिया मार्फत रिचार्ज गरी आफ्नो सेवाहरु सुचारु राख्न सकिन्छ । यसमा घरबाहिर गएर रिचार्ज कार्ड किन्न पर्ने झन्झट गर्नुपर्दैन,  एनसेलले हाल दिदै आएको बोनस ब्यालेन्सको पनि फाइदा पाइन्छ ।

आजकल प्राय सबैसँग बैंकको डेबिट कार्ड हुन्छ । सोही कार्डको प्रयोग गरी आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्न वा आफुले चाहेको अन्य कुनै एनसेल नम्बरमा रिचार्ज गरिदिन सकिन्छ । यसरी रिचार्ज गर्नका लागि तपाँईले तल उल्लेखित प्रक्रिया क्रमैसँग अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।

सबैभन्दा पहिला तपाँई एनसेलको वेबसाइट <https://www.ncell.axiata.com/> मा जानुपर्नेछ । त्यहाँ तपाँईले अनलाइन रिचार्ज गर्नका लागि तल रिचार्ज अनलाइन भन्ने अप्सन पाउनुहुनेछ त्यसमा ट्याप/क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment