
२६ चैत, काठमाडौं । रामेछाप जिल्लाको तामाकोशी अस्पतालमा एक वृद्धको निधन भएको छ ।
मंगलबार उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका ६७ वर्षीय तुलबहादुर मगरको उच्च ज्वरोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
१०१ डिग्रीको ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको थप परीक्षणको लागि स्वाब धुलिखेल अस्पताल पठाइएको छ ।
उनको शव बुधबार बिहान नै परिवारले जिम्मा लिएर दाहसंस्कारको लागि लगिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4