Comments Add Comment

सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

२६ चैत, काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।

शंकर ग्रुपका सञ्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक बयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।

उनले आफ्ना कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री लकडाउन अघि नै काठमाडौंको न्युरोडबाट किनेको बताएका छन् ।

उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई बिगो जफत र बिगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने सुरक्षा स्रोतले बतायो ।

यो पनि पढ्नुस् 

कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी !

लाखको लोभले हिरासत पुगे अर्बपति अग्रवाल

अग्रवालको घर र कार्यालयबाट खाली हात फर्कियो प्रहरी

दरबारमार्ग प्रहरीको हिरासतमा राखिए व्यवसायी अग्रवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment