Comments Add Comment

यौनका सम्बन्धमा केही रोचक कुरा

जब–जब यौनको चर्चा गरिन्छ, हामीमा नकारात्मक भाव पैदा हुन्छ । यौन भन्नसाथ हामीलाई लाग्छ, यो त छाडा कुरा हो । जबकी यौनका सम्बन्धमा हामी उत्तिकै उत्सुक पनि हुने गर्छौं ।

रोचक कुरा

यौन सम्कर्पका क्रममा महिलाहरु जब पार्टनरप्रति प्रेम दर्शाउछन्, उनीहरु अधिक सुन्दर देखिन्छन् । यो भावनात्मक कुरा मात्र होइन । यसको बैज्ञानिक कारण पनि छ । जब यौन सम्पर्कको बेला महिलामा एस्ट्रोजनको स्तर दुई गुणा बढ्छ, त्यसैले उनीहरुको अनुहारको छाला नरम हुन्छ । केस चम्किलो हुन्छ । त्यसबेला उनीहरुको रक्त प्रवाह समेत बढ्छ, जसले महिलाहरु आकर्षक देखिन्छन् ।

बाधक कुरा

विभिन्न कुराले दम्पतीबीचको यौन जीवनमा अवरोध पैदा गर्छ । जस्तो कि, मोटोपन, मदिरा, तनाव, यौनरोग आदि ।

तनावको सोझो असर दम्पतीको यौन जीवनमा पर्छ । तनावग्रस्त अवस्थामा श्रीमान वा श्रीमती यौन सम्बन्धका लागि तयार हुन सक्दैनन् । भनिन्छ, जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन गर्छ । यसले उनको यौन–रुचीमा कमी ल्याउँछ ।

नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कमा मन जादैन , अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

सावधानीको कुरा

यौन सम्बन्धका लागि सधै मुड हुँदैन । कतिपय अवस्थामा यौन सम्बन्धका लागि प्रतिकुल पनि हुन्छ । कस्तो अवस्थामा यौन सम्बन्ध उचित हुँदैन त ?

यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन ।

विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्ण रुपमा निको नभएसम्म यौन सम्पर्क राख्नु उचित हुँदैन ।

विज्ञानको कुरा

महिला गर्भवती हुनका लागि पुरुषको लिंग योनीभित्र प्रवेश गरेकै अवस्था हुनुपर्छ भन्ने छैन । योनीको मुखको सामुन्नेमा विर्य रह्यो भने पनि महिलाहरु गर्भवती हुन सक्छन् । अनौठो त के भने, विर्य पोषक हुन्छ । यसमा भिटामिन सि, क्याल्सियम, म्याग्नेसियम पोटाशियम, भिटाभिन बी–१२ समेत हुने एक अध्ययनमा दाबी गरिएको छ ।

संभोगपछि योनीलाई राम्ररी सफा गर्दा गर्भ रहदैन भन्ने सोंच गलत हो । किनभने यतिबेलासम्म स्पर्म धेरै सक्रिय भैसकेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment