Comments Add Comment

उच्च ज्वरोले मृत्यु भएका लुतबहादुरमा कोरोना नभएको पुष्टि

२६ चैत, रामेछाप । जिल्लाको तामाकोसी अस्पताल मन्थलीमा उच्च ज्वरोको कारण मंगबार राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना नभएको पुष्टि भएको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।

मंगलबार उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका मन्थली-११ का ६७ वर्षीय तुलबहादुर मगरको सोही राति अस्पतालमा मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको लागि धुलिखेल अस्पतालमा पठाएकोमा त्यसको रिपोर्ट नेगेटिभ आएको हो ।

मृतक दीर्घरोगी भएको मन्थली नगरपालिका-११ को वडा कार्यालयले विज्ञप्तिमार्फत यसअघि नै जानकारी गराएको थियो ।

सामाजिक सञ्जालमा उनको मृत्यु कोरोनाको कारण भएको सार्वजनिक भएपछि रामेछाप जिल्लावासीहरु त्रसिद भनेका थिए ।

वडा कार्यालयले भने तुलबहादुर लामोसमयदेखि बिरामी रहेका र घरमै भएको कारण कोरोना संक्रमणको सम्भावना नरहेकोले आतंकित नबन्न वडाकार्यालयले आग्रहसमेत गरेको छ ।

वडाध्यक्ष भीमबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा मृतक मगर २०७३ सालदेखिनै दमको रोगी रहेको र निमोनिया भएर उपचारको लागि मंगलबार साँझ मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment