Comments Add Comment

टोकियो ओलम्पिकको नयाँ छनोट मिति अर्को वर्ष जुन २९ सम्म

काठमाडौं । अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिक गेम्सको लागि नयाँ छनोट मिति तय भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यसै वर्ष हुनु पर्ने ओलम्पिक अर्को वर्षलाई सारिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बनाएको ‘हिअर वि गो’ टास्क फोर्सले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि छनोटको नयाँ मिति तय गरेको हो । ओलम्पिक आयोजनाको मिति सरेपछि छनोट खेलको मिति पनि बढाइएको हो  ।

जस अनुसार अब २०२१ जुन २९ सम्म छनोट खेलहरु सकाउनु पर्नेछ । २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म ओलम्पिक हुँदैछ । यस्तै जुलाई ५ मा खेलाडीको नामहरु दर्ता गरिसक्नुपर्नेछ ।

जसमा अन्तर्राष्ट्रिय फेडेरेसनहरुले छनोटका लागि आपै मिति तय गर्न सक्नेछन् । तर त्यो सबै जुन २९ भित्रै सक्नुपर्नेछ ।

टोकियो ओलम्पिकका लागि अहिलेसम्म छनोट भइसकेका खेलाडीहरुको स्थान कायमै रहनेछ । आइओसीका अनुसार अहिलेसम्म ५७ प्रतिशत छनोट सकिएको छ । अब करिब ५ हजार खेलाडीको लागि छनोट खेल बाँकी रहेको आईओसीले जनाएको छ ।

यस्तै उमेर हदबन्दीमा समेत टास्क फोर्सले खुकुलो बनाएको छ । टोकियो ओलम्पिक २०२० मै छनोट भएका खेलाडीले पनि २०२१ मा खेल्ने पाउने व्यवस्था मिलाइएको छ । जसको उदाहरण पुरुष फुटबल टिमको उमेर समूह पनि परिवर्तन हुने भएको छ ।

यस्तै अन्तर्राष्ट्रिय फेडेरेसनले २०२० मा खेल्न लायक नभएको खेलाडीलाई पनि २०२१ मा खेलाउन सक्ने टास्क फोर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment