Comments Add Comment

परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

२७ चैत, सिन्धुपाल्चोक । कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ ।

कतिपय एम्बुलेन्सले सम्भावित संक्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पीआरटी) को बैठकले यस्तो सिफारिस गरेको हो ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताए । जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।

मेलम्ची नगरपालिका २५ लाख रूपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ । २५ लाख रूपैयाँको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाई र नेपाल बैङ्क लिमिटेडले ३५ हजार रूपैयाँ सहयोग गरेको छ ।

नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्नसक्ने उपप्रमुख भगवती नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment