
२८ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकालाई घर जान दिने सरकारको निर्णय सही भएको प्रतिक्रिया जनाएको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो ।’
प्रदेश सरकारहरूले विरोध गरेपछि संघीय सरकारले अलपत्रलाई घर जान दिने निर्णय डेढ घण्टापछि नै खारेज गरिसकेको छ ।
जनमोर्चाले लकडाउनका कारण काठमाडौंमा रोकिएर बसेकाहरूलाई आफ्ना गाउँमा जान, विभिन्न कारणले जिल्लामा रोकिएर बसेकालाई राजधानी फर्कन र नेपाल–सीमामा रोकिएका नेपालीलाई घर आउन अवसर दिनुपर्ने माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4