+
+
Shares

कार्गो भवनका दैनिक ज्यालादारीलाई खाद्यान्न राहत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १७:१३

३० चैत,काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गरि मुलुकलाई लकडाउन गरेपछि काम नपाएर समस्यामा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दैनिक ज्यालादरी मजदूरलाई अत्यावश्यक खाद्य सामाग्री राहत स्वरुप उपलब्ध गराइएको छ ।

कुरियर कार्गो लगायत आयात निर्यातका सामानहरुको व्यवस्थापन गर्ने काम गरेर जीवन धन्ने दैनिक ज्यालादारी मजदूरलाई एपेक्स वर्ल्डवाइड एक्सप्रेस र एपेक्स ग्लोबल लजिस्टिकको तर्फबाट एक महिनालाई खान पुग्ने राहत प्रदान गरेका हुन् ।

विमानस्थलको कार्गो भवनभित्रका दैनिक ज्यालादरी गर्ने एक सयजना मजदूरलाई एपेक्स एक्सप्रेसका तर्फबाट उपलब्ध चामल,दाल, नुन लगायत अत्यावश्यक खाद्य सामाग्री भन्सार प्रमुख बिष्णुराज लम्साल र एपेक्सका प्रबन्ध निर्देशक दुर्गाप्रसाद सुवेदीले हस्तान्तरण गरेका छन् ।

विमानस्थल बन्द भएपछि काम नपाएर उनीहरु दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेकाले एक महिनाका लागि पुग्ने खाद्य सामाग्री प्रदान गरिएको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?