Comments Add Comment

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

३० चैत, काठमाडौं । सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको छ ।

साथै बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरे ।

प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाल विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment