
१ वैशाख, सप्तरी । सप्तरीमा सोमबार एक युवकको शव फेला परेको छ ।
धारिलो हतियार प्रहार गरिएको अवस्थामा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
भारदह निवासी १९ वर्षीय साहको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
भारदहदेखि भलुवातर्फ जाने कोशी बाँधको छेउमा उनको शव फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।
घटनाको अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर बोलाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्र मिश्रले बताए ।
‘तालिम प्राप्त कुकुर बोलाएर हामीले अनुसन्धान थालेका छौं,’ डिएसपी मिश्रले भने, ‘बाँकी कुरा पछि थाहा हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4