Comments Add Comment

होम क्वारेन्टाइनमा गर्भवती : ख्याल गर्नुपर्ने केही कुरा

गर्भवतीहरुका लागि अहिले केही असहज परिस्थिती छ । गर्भावस्थामा केही शारीरिक समस्याहरु देखापर्छ । त्यसका लागि अस्पताल आउजाउ गर्नुपर्ने हुनसक्छ । त्यसैगरी नियमित स्वास्थ्य जाँचका लागि पनि अस्पताल जानैपर्ने हुन्छ ।

अर्कोतिर कोरोना भाइरसको संक्रमण भइहालेमा गर्भको बच्चालाई कुनै असर पो गर्छ कि ? एक किसमको तनाव हुन्छ । जबकी यस्तो अवस्थामा तनाव लिनै नहुने चिकित्सकहरुले सुझाव दिने गर्छन् ।

घरमा बसिरहँदा कसरी गर्भवतीले आफुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने त ?

तनावमुक्त रहने

कुनै डर वा भय नराख्ने । कोरोना भाइरसका बारेका सामाग्रीहरु वा आतंकित हुने सामाग्रीहरु नहेर्ने । बरु ध्यान, प्राणायाम गर्ने । चलचित्र हेर्ने, पुस्तक पढ्ने । यसरी मनलाई आनन्दित र खुसी राख्ने ।

सरसफाईमा ध्यान

गर्भावस्था आफैमा एक संवेदनशिल अवस्था हो । यतिबेला सरसफाई, खानपान आदिमा विशेष ध्यान दिनुपर्छ ।

चिकित्सकको सम्पर्कमा रहने

सकेसम्म आफुले जाँच गराइरहेका चिकित्सकको मोवाइल नम्बर लिनु जरुरी छ । अस्पताल धाउने काम नपरेको अवस्थामा फोनबाटै परामर्श लिनुपर्छ । आफुले जाँच गराइरहेका चिकित्सकसँग नियमित सम्पर्कमा रहनुपर्छ । कुनैपनि किसिमको शारीरिक समस्या भए चिकित्सकलाई सम्पर्क गरेर सोध्न सकिन्छ ।

प्रसुती

कोरोना भाइरसको बढ्दो संंक्रमणका कारण कतिपय परिवारले घरमा नै प्रसुती गराउने सोच बनाइरहेका होलान् । तर, यो त्यती सुरक्षित नहुन सक्छ । यसका लागि स्त्री तथा प्रसूती रोग विशेषज्ञसँग परामर्श लिनैपर्छ । चिकित्सकको परामर्श बिना आफुखुसी घरमा नै प्रसुतीका लागि तयारी गर्नु त्यती उचित हुँदैन ।

के तपाईं खतरामा हुनुहुन्न ?

कोरोना भाइरसको पछिल्लो तथ्यांक अनुसार गर्भवती महिलाहरुमा विभिन्न किसिमको रोग र संक्रमण हुने सम्भावनो छ । गर्भावस्थाको क्रममा भ्रूणको रक्षा गर्नु पर्ने हुँदा शरीरको रोग प्रतिरोधक क्षमता स्वभाविक रुपले कम हुन्छ ।

त्यसैले गर्भवती महिलाहरुलाई संक्रमण हुने खतरा धेरै हुन्छ । यो समयमा आमा संक्रमित हुँदा यो संक्रमण भ्रुणमा स्थानान्तरित हुन्छ कि हुँदैन भन्ने कुरा भन्न अहिले कठिन छ । किनभने अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित जुन महिला आमा बनेकी छन्, उनीहरुले जन्माएको शिशुको रिपोर्टमा कोभिड–१९ पोजेटिभ पाइएको छैन ।

सन्तुलित भोजन र फिटनेस

गर्भावस्थाको क्रममा तपाईंले आफ्नो भोजन र फिटनेसमा धेरै ध्यान दिनु आवश्यक हुन्छ । तपाईंले जे खानु हुन्छ, त्यसले तपाईंको बच्चामा सीधा रुपमा प्रभावित गर्छ । त्यसैले तपाईंको खाना सन्तुलित र तरल पदार्थको मात्रा पनि सही हुनु आवश्यक छ । संक्रमणको खतराबाट बच्नका लागि र शारीरिक रुपले फिट रहनका लागि घर भित्रै हिंडडुल गर्नु पर्छ र आफ्नो गतिविधिको योजनाको बारेमा डाक्टरलाई जानकारी दिँदै गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment