Comments Add Comment

केएल दुगड समुहद्वारा ७५० परिवारलाई खाद्यान्न सामाग्री बितरण

१ वैशाख, काठमाडौं । केएल दुगड समूहले मोरङको बुढीगंगा गाउपालिकाका ४५० परिवारलाई कोभिड १९ महामारीले निमत्याएको संकटको बेलामा राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिकाको वडा न.५ को सहकार्यमा वडा न.४ समेत गरी ४५० परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ ।

उक्त समूहले १० किलो चामल, २ किलो आटा, दाल १ किलो , आलु २ किलो, खाने तेल १ लिटर, नुन १ किलो गरी कुल १६ किलो को फेमिली प्याक बनाएर वितरण गरेको थिए । राहत वितरण कार्य गाउपालिका प्रमुख बाल चन्द्र माझी, वडा अध्यक्ष रमेश खनाल, ईलाका प्रहरी प्रमुखहरुको उपस्थितीमा गरिएको थियो ।

समूहका विराटनगर स्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब असहायहरु पहिचान गरी खाद्य सामाग्री वितरण गरेका छन् । यो समूहले मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने कुरा ब्यक्त गरेको छ ।

त्यसै गरी उक्त समुहले चितवनको राप्ती नगरपालिका (भन्डारा र खैरहनी नगरपालिका -पर्सामा पनि प्रति नगरपालिका १५० परिवारको दरले कुल ३०० परिवारको लागि खाद्यान्न सामाग्री बितरण गरेको छ भने रत्ननगर नगरपालिका (टाडीमा भोली बैशाख २ गते १५० परिवारलाई खाद्य सामाग्री बितरण कार्य रहेको के एल दुगड समुहले जनाएको छ ।

साथै उक्त समुहले १ हप्ता अगाडि बाके जिल्लाको नेपालगञ्ज, कोहलपुर क्षेत्रमा पनि ४५० परिवारलाई प्रतिपरिवार १५ केजीका दरले खाद्यान्न सामाग्री बितरण गरेको थियो । यस कोरोना महामारीको निमत्याएको संकटको बेला समुहले कुल १३५० परिवारलाई खाद्यान्न तथा राहत सामाग्री बितरण गरिसकेको र थप बितरण कार्य जारी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment