Comments Add Comment

कैलालीकी संक्रमितसँगै वीरगञ्जबाट गएका थिए ३५ जना

१ वैशाख, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया बृद्धासँगै वीरगञ्जबाट ३५ जना एउटै बसमा गएको पाइएको छ ।

लकडाउनका कारण अलपत्र परेकाहरुलाई स्थानीय प्रशासनले चैत १७ गते ना४ख ६१४९ नम्बरको बसमा पठाएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार त्यो दिन वीरगञ्जमा अलपत्र विभिन्न जिल्लाका ३५ जना कर्मचारी तथा कामदारलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाइएको थियो ।

यो पनि पढ्नुहोस कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि

कैलाली लमकी चुहा नगरपालिका र बौनिया गाउँपालिकाका ३१ जना तथा सुर्खेत गुर्वाकोट नगरपालिका,  अर्घाखाँचीको छत्रदेव नगरपालिका, दैलेखको नारायण नगरपालिका र दाङको राप्ती नगरपालिकाका एकएक जनालाई वीरगञ्जबाट पठाइएको थियो ।

त्यही बसमा सवार महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि अरुलाई पनि क्वारेन्टाइनमा बस्न र कोभिड जाँच केन्द्रमा गई जचाउन आग्रह गरिएको सहायक प्रजिअ बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment