+

नेयमारकी आमा ३० वर्ष कान्छा केटासँग डेटिङमा

२०७७ वैशाख  २ गते ६:५७ २०७७ वैशाख २ गते ६:५७
नेयमारकी आमा ३० वर्ष कान्छा केटासँग डेटिङमा

काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारको आमा २२ वर्षीय युवकसँग डेटिङ गरिरहेको फोटो सार्वजनिक भएपछि अहिले यो भाइरल बनेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेल्ने फरवार्ड नेयमार २८ वर्षका भए । तर उनकी आमा ५२ वर्षीय नादीन गोनकाल्भ्स भने छोराभन्दा पनि ६ वर्ष कान्छो उमेरका व्यक्तिको प्रेममा परेकी छन् ।

५२ वर्षीय नादिनले समाजिक संजाल इन्स्टाग्राममा फोटो पोष्ट गर्दै प्रेम सार्वजनिक गरेकी हुन् । उनले आफूभन्दा ३० वर्ष कान्छा टियागो रामोससँगको प्रेम सम्बन्ध भएको सार्वजनिक गरेकी हुन् ।

ब्राजिलियन अनलाइन युओएलका अनुसार टियागो रामोस २२ वर्षीय मोडेल र गेमर हुन् । उनीहरुबीच मोडलिङकै क्रम भेट भएको जनाइएको छ ।

रामोससँगको एक फोटो पोस्ट गर्दै नादिनले उनीसँगको क्षण वर्णन गर्न नसकिने जनाएकी छिन् । यस्तै उक्त फोटोमा रामोसले पनि व्याख्या गर्न नसकिने खालको बताएका छन् ।

नेयमार र नेयमारको बुबाले पनि उक्त फोटोलाई समर्थन जनाएका छन् । नेयमारले पनि आफ्नो आमालाई खुसी रहनु भनेका छन् ।

‘खुसी रहनु मम, तपाईंलाई माया,’ नेयमारले कमेन्ट गरेका छन् ।

२२ वर्षीय रामोस गेम फ्रि फायरको खेलाडी हुन् । उनी फोर के एजी टिमको मेम्बर हुन् जसले एनएफए लिग खेल्छ ।

नेयमारका आमा र बुबा विवाह गरेको २५ वर्षपछि सन् २०१६ पछि छुट्टाछुट्टै बस्दै आएका छन् ।

नेयमार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय