+
+
Shares

बागलुङमा चट्याङ लागेर तीन जना घाइते

रासस रासस
२०७७ वैशाख २ गते १४:३१

२ वैशाख, बलेवा । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन् । रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उनका तीन वर्षीय छोरा घाइते भएका हुन् ।

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ ।

हावाहुरीले घर गोठको छाना उडाएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । लालबहादुर र पवित्रा ससुरा बुहारी नाता पर्ने हुन् । उनीहरु दुवैजना बस्दै आएका घरमा क्षति भएकाले पुनः निर्माणको काम थालिएको लमिछानेले बताए । चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते रहेको लामिछानेले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?